Awards
“नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा र साङ्गीतिक क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशिल हुँदै कलाकर्मीहरूलाई प्रोत्साहन एवम् सम्मान गर्दै उनीहरूको योगदानको कदर गर्नु नै जिनियस म्युजिक अवार्डको मुल उद्देश्य हो । यस कम्पनिले आफ्नो स्थापनाको दशौँ वर्ष पुरा गरेको शुअवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरि २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड–२०७५’ सम्पन्न गरेको थियो। यस संस्थाले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक बर्ष गीत–संगीतका लोकप्रिय श्रष्टाहरुलाई “जिनियस म्युजिक अवार्ड ” द्वारा पुरस्कृत तथा सम्मान गर्दै आइरहेको छ ।
जिनियस म्युजिका प्रा.लि.
जिनियस डिजिटल म्युजिक प्रा.लि. नेपाली साङ्गीतिक क्षेत्रमा मिति २०६५ मा स्थापना भएको हो । स्थापना कालदेखि नै नेपाली सङ्गीतिक क्षेत्रमा क्रियाशिल कलाकर्मीका सिर्जनाहरूलाई एकताबद्ध गरि बजार व्यवस्थापनको कार्यमा सर्मपित छ । विभिन्न गायक गायिकाहरूबाट स्वरवद्ध गीत सङ्गीतलाई एल्बम तथा श्रव्यदृष्यमा रूपान्तरण गरी बजारमा ल्याउन कम्पनि निरन्तर क्रियाशिल छ । यस अर्थमा हामी सफल छौं । कम्पनिका माध्यमबाट नेपाली साङ्गीतिक क्षेत्रले धेरै भन्दा धेरै कलाकार, गायक, गायिका, निर्देशक,मोडल लगायत विभिन्न प्राविधिक जनशक्ति प्राप्त गरेको छ । हाम्रो यस प्रकारको सक्रियताले नेपाली साङ्गीतिक क्षेत्र थप मजबुत भएको महशुस गरेका छौं । यसले गर्दा थप जिम्मेवारी बहन गर्न हौशला तथा उर्जा मिलेको छ ।
जिनियस डिजिटल म्युजिक प्रा.लि.ले धेरै भन्दा धेरै कलाकर्मीलाई समेटेर उनीहरूका सिर्जनाहरू बजारसम्म पु¥याउने जिम्मेवारी पुरा गर्ने
उद्देश्यका लागि कम्पनिले आफ्नै रेकर्डिङ स्टुडियो, म्युजिक स्कूल र प्रोडक्सन हाउस समेत सञ्चालनमा ल्याएको छ । हाल कम्पनीले (YoutubeMusic,TikTok,itunes/Apple,FaceBook,Spotify,Deezer, Gaana etc.) जस्ता ७४ भन्दा बढी डिजिटल प्लेटफर्मबाट आफ्ना उत्पादनहरू विश्वबजारमा पुर्याउन सफल भएको छ ।
पृष्ठभुमी
‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा र साङ्गीतिक क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशिल हुँदै कलाकर्मीहरूलाई प्रोत्साहन एवम् सम्मान गर्दै उनीहरूको योगदानको कदर गर्नु नै जिनियस म्युजिक अवार्डको मुल उद्देश्य हो । यसका लागि कम्पनिले आफ्ना स्थापनाको दशौँ वर्ष पुरा गरेको शुअवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरि २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड–२०७५’ सम्पन्न गर्यो ।
२०७६ जेठ ११ गते राष्ट्रिय नाचघर, जमल, काठमाडौंमा आयोजित ‘जिनियस म्युजिक अवार्ड–२०७५’ वितरण समारोहमा नेपाली गीत–सङ्गीतका क्षेत्रमा अनवरत रूपमा योगदान पु¥याउने सङ्गीतकर्मी ईश्वर अमात्यलाई नगद २५ हजार सहित जिनियस दीर्घ साधन सम्मान (लाइफ टाइम एचिभ्मेन्ट अवार्ड) प्रदान गर्यो। समारोहमा सञ्चारकर्मी कृष्ण भट्टराईलाई रङ्ग पत्रकारिताको क्षेत्रमा क्रियाशील रहँदै नेपाली गीत, सङ्गीत तथा कला संरक्षणका लागि महŒवपूर्ण योगदान पु¥याउनु भएकोमा नगद १० हजार राशी सहित जिनियस पत्रकारिता सम्मान प्रदान गरियो । त्यस क्रममा
कोरियोग्राफर तथा निर्देशक शिव बि.क.लाई विशेष सम्मान गरियो भने गायक अमन प्रधानलाई प्रतिभा सम्मान अर्पण गरियो । यसका अलावा नेपाली साङ्गीत क्षेत्रमा विभिन्न ४८ विधाका उत्कृष्ट सिर्जना तथा कलाकर्मीहरूलाई पुरस्कृत तथा सम्मानित गर्यो ।
समारोहमा शिव परियार, अन्जु पन्त, सुगम पोखरेल, कमल खत्री सहितका सङ्गीतकर्मीहरूले गीत सङ्गीत प्रस्तुत गरेका थिए भने बिनु शाक्य सहित जिनियस म्युजिक स्कूलका विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए ।