चौथो जिनियस म्युजिक अवार्डको लागि आबेदन खुल्ला

जिनियस म्युजिक प्रा. लि. ले आफ्नो स्थापनाको १५औं वार्षिकोत्सवको सु-अवसरमा जिनियस म्युजिक अवार्डको   चौथो संस्करण “जिनियस म्युजिक अवार्ड–२०७९” आयोजना गर्ने घोषणा गरेको छ साथै उक्त अवार्डका लागि आवेदन पनि खुल्ला गरीसकेको छ  ।

नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा र साङ्गीतिक क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशिल हुँदै कलाकर्मीहरूलाई प्रोत्साहन एवम् सम्मान गर्दै उनीहरूको योगदानको कदर गर्नु नै जिनियस म्युजिक अवार्डको मुल उद्देश्य हो । यस कम्पनिले आफ्नो स्थापनाको दशौँ वर्ष पुरा गरेको शुअवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरि २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड–२०७५’ सम्पन्न गरेको थियो। यस संस्थाले आफ्नो हरेक  वार्षिकोत्सवको अवसरमा बर्ष  गीत–संगीतका लोकप्रिय श्रष्टाहरुलाई “जिनियस म्युजिक अवार्ड ” द्वारा पुरस्कृत तथा सम्मान गर्दै आइरहेको छ ।

कम्पनीका प्रवन्ध निर्देशक तथा संगीतकर्मी रमेश पाठकका अनुसार २०७९ साल भित्र सार्वजनिक भएका नेपाली गीत–संगीतले यस “चौथो जिनियस म्युजिक अवार्ड” मा आवदेन दिन सक्ने छन् साथै २०८० बैशख ५ गते भित्र बुझाइएका फारम मात्र अवार्डमा समाबेश हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *