जिनियस डिजिटल म्युजिक म्युजिक प्रा. लि. ले आफ्नो स्थापनाको १६औं वार्षिकोत्सवको सु-अवसरमा जिनियस म्युजिक अवार्डको छैंटौं संस्करण “जिनियस म्युजिक अवार्ड–२०८१” आयोजना गर्ने घोषणा गरे सँगै उक्त अवार्डका लागि आवेदन खुल्ला गरिएको जानाकारी गराउदछौं । यहाँहरुले जिनियस म्युजिकको (Official Website ) www.geniusmusic.com.np मा गएर Online मार्फत आबेदन दिन सक्नुहुनेछ ।
नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा र साङ्गीतिक क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशिल हुँदै कलाकर्मीहरूलाई प्रोत्साहन एवम् सम्मान गर्दै उनीहरूको योगदानको कदर गर्नु नै जिनियस म्युजिक अवार्डको मुल उद्देश्य हो । यस कम्पनिले आफ्नो स्थापनाको दशौँ वर्ष पुरा गरेको शुअवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरि २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड–२०७५’ सम्पन्न गरेको थियो। यस संस्थाले आफ्नो हरेक वार्षिकोत्सवको अवसरमा विभिन्न बिधाका कलाकर्मीहरुलाई “जिनियस म्युजिक अवार्ड ” द्वारा पुरस्कृत तथा सम्मान गर्दै आइरहेको छ ।