काठमाडौं । पाँचौ संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ । काठमाडौंको प्रज्ञा भवन कमलादीमा एक भव्य समारोहबीच गीतसंगीतका विभिन्न विधाका स्रष्टालाई अवार्ड प्रदान गर्दै कार्यक्रम अवार्ड सम्पन्न भएको हो । वन तथा बातावरण राज्यमन्त्री रूपा विकको प्रमुख आतिथ्यता रहेको समारोहमा वरिष्ठ गायक तथा संगीतरत्न शम्भुजित बास्कोटालाई दीर्घसाधना सम्मान अर्पण गरिएको थियो । समारोहमा पत्रकार ऋषि धमला, अन लाइन पानाका नारायणप्रसाद अधिकारी, हिमालय टाइम्सकी गीता अधिकारी र जन आकशका मोहन कार्कीलाई पत्रकारिता सम्मानले विभूषित गरिएको थियो ।
‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, संगीत क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न जिनियस म्युजिक प्रालिले आफ्नो स्थापनाको दशौं वर्ष पूरा गरेको अवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरी(२०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड(२०७५’ सम्पन्न गरेको थियो ।
सोही अनुरूप यस संस्थाले आफ्नो हरेक वार्षिकोत्सवको अवसरमा गीतसंगीतका लोकप्रिय स्रष्टालाई ‘जिनियस म्युजिक अवार्ड’द्वारा पुरस्कृत तथा सम्मान गर्दै आइरहेको अवार्डका अध्यक्ष गायक तथा संगीतकार रमेश पाठकले बताउनुभयो ।
उक्त अवार्डको प्रमुख निर्णायकमा संगीतकार भानुभक्त ढकाल, वरिष्ठ संगीतकार राजु सिंह, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञासभा सदस्य गीतकार तथा साहित्यकार पुरु लम्साल हुनुहन्थ्यो भने निणार्यकमा हेमन्त शिशिर गायक, हिमाल श्रेष्ठ गायक, अमृत भारती गायक, केशव कोइराला कोरियोग्राफर, मदन नेपाली संगीतकार, टेकबहादुर लामा निर्देशक, पाल्मु शेर्पा गायिका,बविता श्रेष्ठ निर्देशक,मञ्जु लावती गायिका रहनुभएको थियो ।
कार्यक्रममा गायक नरहरि प्रेमी, नायक रोशन श्रेष्ठ, गायक माधव भण्डारी,निर्देशक होम धिताल, गायक/संगीतकार विनोद पछाई, मोडल/कलाकार प्रतिक्षा काफ्ले, गायक विनोद ढकाल, कलाकार राजकुमार शाह, गायक विनय ढुंगेल, जयराज भट्ट, गीतकार डब्बु छेत्री, इन्टरनेशनल इभेन्ट डिरेक्टर निशुकान्त झा, गीतकार दुर्गा प्रधान, समाजसेवी/व्यवसायी शान्ता तामाङ, केशव पाण्डे, रमेश शिलवाल, दुर्गा तामाङ लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सर्वोत्कृष्ट गीतकार(पप/आधुनिक)गीतको अवार्ड सचिता कर्माचार्यले ‘प्रतीक्षा’, सर्वोत्कृष्ट नवगीतकार पप/आधुनिक गीतको अवार्ड आशिष कोइरालाले ‘तिम्रै माया’, सर्वोत्कृष्ट संगीतकार पप गीतको अवार्ड गैह्रे सुरेशले ‘मीरा हु म तिम्री’, सर्वोत्कृष्ट संगीतकार आधुनिक गीतको अवार्ड कृष्णभक्त महर्जनले ‘झ्यालबाट’ र सर्वोत्कृष्ट पुरुष गायक आधुनिक गीतको अवार्ड ज्ञान सुब्बा थेबेले ‘झ्यालबाट’ प्राप्त गर्नुभएको थियो ।
यस्तै, सर्वोत्कृष्ट महिला गायिका आधुनिक गीतको अवार्ड सारिका घिमिरेले ‘मायालु’, सर्वोत्कृष्ट नवगायकको अवार्ड रमेश के सिंहले ‘छाडी जाने मायालुलाई’,कमल शर्मा र राजकुमार शंकर-ए रमा (जुरी), सर्वोत्कृष्ट नवगायिकाको अवार्ड संगीता पंगेनी ‘मनको मझेरी’, सर्वोत्कृष्ट नवगायक-र्याप गीतको अवार्ड सागर सुनार ‘किसान’, सर्वोत्कृष्ट मोडल महिला(पप/आधुनिक गीतको अवार्ड प्रनिमा दाहाल ‘जीत मान्दिन’, प्रमिता राजघतानी ‘मन्चरी’ (जुरी), सर्वोत्कृष्ट मोडल पुरुष(पप/आधुनिक) गीतको अवार्ड सञ्जित भण्डारी ‘किन माया गर्यौं’, कमल सिंह ‘दिल्ली आग्रा’ (जुरी), सर्वोत्कृष्ट गीतकार डिपी खनाल ‘तुषारो’, हरिभक्त बुढाथोकी ‘नजर लाग्लानी’ (जुरी), सर्वोत्कृष्ट संगीतकारको अवार्ड भीम बि.सी. ‘नजर लाग्लानी’, सर्वोत्कृष्ट संगीत संयोजकको अवार्ड फणिन्द्र राई ‘झ्यालबाट’ र सर्वोत्कृष्ट ध्वनि मिश्रणको अवार्ड दिनेश न्यौपाने ‘दुःखी त छ यो मन’बाट प्राप्त गर्नुभएको थियो ।
यसैगरी सर्वोत्कृष्ट गायकको अवार्ड हेमन्त शर्माले ‘निरजाले’, सर्वोत्कृष्ट गायिकाको अवार्ड बानिका प्रधानले ‘लाग्थ्यो तिमी’, सर्वोत्कृष्ट निर्देशक पप/आधुनिक गीतको अवार्ड फराज अर्पण ‘गाउँले जीवन’ सर्वोत्कृष्ट निर्देशक लोक गीतको अवार्ड उमेश गुरुङ ‘दिएर हातैमा’, सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड राज लुइँटेल ‘माया गर्यौ’, सर्वोत्कृष्ट युगल गायक पप तथा आधुनिकको अवार्ड धुर्व विश्को र सुरक्षा सेञ्चुरी ‘तुषारो’, सर्वोत्कृष्ट लोक आधुनिक गायकको अवार्ड सुदीप जोशी ‘तिमी आयौ’,सर्वोत्कृष्ट लोक आधुनिक गायिकाको अवार्ड शोभा पाण्डे(नसोध मेरो (जुरी), सर्वोत्कृष्ट पुरुष मोडलको अवार्ड पुष्प खड्का ‘बैमानी’, सर्वोत्कृष्ट मोडल महिलाको अवार्ड आश्मा विश्वकर्मा ‘निरजाले’,सर्वोत्कृष्ट सिनेमेटोग्राफरको अवार्ड दिनेश पराजुली ‘झ्यालबाट, सर्वोत्कृष्ट सम्पादकको अवार्ड ओम प्रसाई ‘मीरा हुँ म तिम्री’,सर्वोत्कृष्ट भिडियो निर्देशकको अवार्ड सोनाम पाख्रिन ‘अदृश्य माया’,सर्वोत्कृष्ट शब्द(लोक तथा दोहोरी )गीतको अवार्ड कृष्ण भारद्वाज ‘डम्बर कुमारी’, सर्वोत्कृष्ट लय लोक तथा दोहोरी गीतको अवार्ड खेम सेञ्चुरी ‘मोहनी’, सर्वोत्कृष्ट गायक लोक तथा दोहोरी गीतको अवार्ड प्रकाश सपुत ‘मुटु कटक्कै’,सर्वोत्कृष्ट गायिका लोक तथा दोहोरी गीतको अवार्ड समीक्षा अधिकारी ‘आफ्नो आफ्नो कर्म’, सर्वोत्कृष्ट लोक गायकको अवार्ड चन्द्र शर्मा ‘आच्छा लेकिन लाहुरे’ र सर्वोत्कृष्ट नवगायक लोक तथा दोहोरी गीतको अवार्ड विनोद बिसीले ‘साथी भाइ’बाट प्राप्त गर्नुभएको थियो ।
यस्तै, सर्वोत्कृष्ट शृंगारको अवार्ड विमला तामाङ ‘लुकाउने ठावै छैन’, सर्वोत्कृष्ट लोक पप तथा आधुनिक गायकको अवार्ड सुरेन गौतम ‘सल्लेरी पाखाहरू’, सर्वोत्कृष्ट लोक पप गायक रुद्र शेखर शर्मा ‘के होला भोलि’, सर्वोत्कृष्ट पप गायकको अवार्ड हिमाल सागर ‘यही त हो नि माया’, सर्वोत्कृष्ट पुरुष नवमोडल(लोक तथा आधुनिक) गीतको अवार्ड पुजन लामिछने ‘काले’,सर्वोत्कृष्ट महिला नवमोडल लोक तथा दोहोरी गीतको अवार्ड ‘रीता बिसी ‘मनले मन परायो’, सर्वोत्कृष्ट मोडल लोक तथा दोहोरी गीतको अवार्ड लोमस शर्मा ‘गोर्खे खुकुरी’, सर्वोत्कृष्ट मौलिक गायिकाको अवार्ड ‘सरिता थापामगर ‘झल्को रै रहृयो’,सर्वोत्कृष्ट मौलिक गायकको अवार्ड नमराज ढुंगाना ‘एक नम्बर’, सर्वोत्कृष्ट भजन गायकको अवार्ड सरोज ढकाल ‘आज स्वार्थ’ र सर्वोत्कृष्ट कोरियोग्राफरको अवार्ड सुरेन्द्र बसेल ‘कोल्टे पारेर’बाट प्राप्त गर्नुभयो ।
त्यस्तै, सर्वोत्कृष्ट महिला डायस्पोरा गीतकारको अवार्ड रिमा श्रेष्ठ ‘अधुरो सपना-२’,सर्वोत्कृष्ट पुरुष डायस्पोरा गीतकारको अवार्ड नारायण भारती ‘ओ लभ्ली’,सर्वोत्कृष्ट पुरुष डायस्पोरा मोडलको अवार्ड मेघ सुवेदी ‘किन माया गरयौ-२’,सर्वोत्कृष्ट महिला डायस्पोरा मोडलको अवार्ड सनसाइन सञ्जु ‘झरी बनी’र पब्लिक च्वाइस अवार्ड ‘पीरै पीरमा’बाट भूपू पाण्डेले प्राप्त गर्नुभएको थियो ।
अवार्डको प्रमुख निर्णायकमा गायक/संगीतकार भानुभक्त ढकाल,वरिष्ठ संगीतकार राजु सिंह, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य गीतकार तथा साहित्यकार पुरु लम्साल हुनुहन्थ्यो भने निणार्यकमा हेमन्त शिशिर गायक, हिमाल श्रेष्ठ गायक,अमृत भारती गायक, केशब कोईराला कोरियोग्राफर,मदन नेपाली संगीतकार, टेक बहादुर लामा निर्देशक, पाल्मु शेर्पा गायिका,बविता श्रेष्ठ निर्देशक,मन्जु लावती गायिका रहनुभएको थियो ।
कार्यक्रममा गायक नरहरी प्रेमी, नायक रोशन श्रेष्ठ, निर्देशक होम धिताल, गायक /संगीतकार बिनोद पछाई,मोडल/कलाकार प्रतिक्षा काफ्ले,गायक बिनोद ढकाल,कलाकार राजकुमार शाह,गायक बिनय ढुंङेल,गायक जयराज भट्ट,गीतकार डब्बु छेत्री,इन्टरनेशनल इभेन्ट डिरेक्टर निशुकान्त झा,गीतकार दुर्गा प्रधान,समाजसेवी/व्यवसायी शान्ता तामाङ,केशव पाण्डे,रमेश शिलवाल,दुर्गा तामाङ लगायतलाई सम्मान गरिएको थियो ।
कमेडियन हिमेश पन्त,जिनियस म्युजिक स्कुल र बिग डान्स कम्पनिको प्रस्तुती रहेको समारोहमा वरिष्ठ गीतकार कृष्णहरि बराल,वरिष्ठ गीतकार डा.भोला रिजाल,वरिष्ठ संगीतकार राजु सिंह,वरिष्ठ कलाकार किरण केसी,वरिष्ठ हाँस्य कलाकार सुभाष गजुरेल,वरिष्ठ पत्रकार एवं गीतकार शान्ति प्रिय,लोकप्रिय गायिका मन्जु थापा गुरुङ,गीतकार,निर्देशक तथा स्कृप्ट राईटर गणेश सुबेदी,निर्देशक उज्ज्वल केसी,निर्देशक ईश्वर गुरुङ,नेपाल सांस्कृतिक महासंघ बागमती प्रदेशका अध्यक्ष राजेन्द्र खत्री लगायतका अतिथिले अवार्ड विजेतालाई अवार्ड प्रदान गर्नुभएको थियो । कार्यक्रममा जुरी सदस्य र अथितिलाई प्रशंसा पत्रका साथै मायाको चिनो प्रदान गरिएको थियो ।