‘Kids Genius Star of Nepal’ को Mega Round सम्पन्न, सेमिफाइनलका लागि ४०प्रतियोगी छनोट

काठमाडौं। जिनियस डिजिटल म्युजिक प्रा.लि. तथा जिनियस डान्स एण्ड म्युजिक स्कुलको संयुक्त आयोजनामा सञ्चालन भइरहेको राष्ट्रिय बाल प्रतिभा प्रतियोगिता ‘Kids Genius Star of Nepal’ अन्तर्गतको Mega Round भव्यताका साथ सम्पन्न भएको छ। Mega Round बाट गायन तथा नृत्य विधातर्फ गरी ४० जना प्रतिभाशाली प्रतियोगी सेमिफाइनलका लागि छनोट भएका छन्।

निर्भाना एकेडेमीमा सम्पन्न Mega Round कार्यक्रममा प्रमुख अतिथिका रूपमा यहाँ देशको चिन्ता’, ‘मर्ने  कसैलाई रहर हुँदैन’, ‘जमाना खराब लगायत दर्जनौं चर्चित गीतका संगीतकार तथा सशस्त्र प्रहरी उपरीक्षक गैरे सुरेश रहनुभएको थियो। कार्यक्रमको सभापतित्व जिनियस डान्स एण्ड म्युजिक स्कुलका अध्यक्ष टेक लामा छिरिङ ले गर्नुभएको थियो।

कार्यक्रम संयोजक नृत्य निर्देशक तथा मोडल कृष्ण रसाल, सह–संयोजक नृत्य निर्देशक अनिल महर्जन तथा कार्यक्रम सञ्चालन गायक/संगीतकार  रमेश पाठकले गर्नुभएको थियो।

कार्यक्रममा निर्भाना एकेडेमीका संस्थापक ज्ञानु रत्न तुलाधर, गिनिज रेकर्ड होल्डर तथा कार्यक्रम व्यवस्थापन संघका अध्यक्ष राजेन्द्र लुइँटेल, नृत्य निर्देशक संघका वरिष्ठ उपाध्यक्ष शम्भु शाही, चन्द्रागिरि कलाकर्मी संघका अध्यक्ष रवि राना मगर लगायत कला, संस्कृति तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी निर्भाना एकेडेमीका प्रधानध्यापक निराजन अधिकारी, कोर्डीनटर जीवन जोशी,कलाकार रवि कार्की, स्वस्तिका लामिछाने, शिला गजुरेल, नृत्य निर्देशक पिङ्की खड्का, भावना राई, रूपा क्षेत्री, सुविस्ता जोशी लगायतको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

Mega Round मा सहभागी बाल प्रतिभाहरूले गायन तथा नृत्य विधामा उत्कृष्ट प्रस्तुति दिएका थिए। प्रतियोगीहरूको प्रस्तुति, प्रतिभा, स्टेज प्रस्तुति तथा समग्र क्षमताका आधारमा निर्णायकहरूले मूल्याङ्कन गरेका थिए।

गायन विधातर्फ गायक तथा संगीतकार चेतन राई र गायक तथा संगीतकार चेतबहादुर बुढाथोकी निर्णायकका रूपमा रहनुभएको थियो भने नृत्य विधातर्फ चलचित्र निर्देशक तथा नृत्य निर्देशक अजय कुमार बिष्ट, नृत्य निर्देशक सागर तामाङ तथा नृत्य निर्देशक निरु फुयाल ले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो।

Mega Round बाट छनोट भएका ४० जना प्रतियोगी अब ‘Kids Genius Star of Nepal’ को सेमिफाइनल चरणमा प्रवेश गरेका छन्। प्रतियोगिताको आगामी चरणमा बाल प्रतिभाहरूबीच अझ कडा प्रतिस्पर्धा रहने छ।