काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital Music Pvt. Ltd. तथा Genius Dance and Music School को संयुक्त आयोजनामा “Kids Genius Star of Nepal 2083” नामक भव्य गायन तथा नृत्य प्रतियोगिता आयोजना हुने भएको छ।
बालबालिकाको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिने यस प्रतियोगितामा १३ वर्षभन्दा मुनिका प्रतिभाशाली बालबालिकाले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगितामार्फत बालप्रतिभालाई आफ्नो गायन र नृत्य क्षमता प्रदर्शन गर्न उत्कृष्ट मञ्च प्रदान गरिने छ।
कार्यक्रम भव्य रूपमा आयोजना हुने तय भएको छ। प्रतियोगिताका विजेताले नगद रु. ५०,००० सहित विभिन्न आकर्षक पुरस्कारहरू प्राप्त गर्नेछन्।
यस संस्थाले यसअघि सफलतापूर्वक “जिनियस म्युजिक अवार्ड” को छैटौँ संस्करण सम्पन्न गरिसकेको छ। साथै, ‘जिनियस अचिभमेन्ट अवार्ड’, ‘Genius Folk Dance Competition’ तथा ‘Genius International Honor’ जस्ता कार्यक्रमहरू थाइल्याण्ड, सिंगापुर र मलेसिया जस्ता देशहरूमा समेत आयोजना गरिसकेको अनुभव संस्थासँग रहेको छ। करिब १६ वर्षदेखि नेपाली गीत–संगीत क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको यस संस्थाले आफ्नै Recording Studio तथा Production House समेत सञ्चालन गर्दै आएको छ।
त्यस्तै, जिनियस डान्स एन्ड म्युजिक स्कूल ले लामो समयदेखि गायन तथा नृत्य प्रशिक्षण प्रदान गर्दै नेपाली कला क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। साथै, यस संस्थाले आफ्नै तथा Production House तथार Genius dress Hire Centre सञ्चालन गर्दै विभिन्न सांस्कृतिक कार्यक्रमहरूका लागि आवश्यक पोशाकहरू उपलब्ध गराउँदै आइरहेको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक अभिभावक तथा बालबालिकालाई ढिला नगरी आजै नाम दर्ता गर्न अनुरोध गर्दछौं ।
विस्तृत जानकारीका लागि geniusmusic.com.np वेबसाइट तथा Genius Star of Nepal का Facebook र TikTok पेजहरूमा सम्पर्क गर्न सकिनेछ।
Kids Genius Star of Nepal 2083 “आजको प्रतिभा भोलिको सुपस्टार” भन्ने मूल नारासहित आयोजना हुन लागेको यस कार्यक्रमले बाल प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विश्वास लिएका छौ ।





