Kids Genius Star of Nepal को Workshop Round भव्य रूपमा सम्पन्न, Mega Round यही शनिबार हुने

काठमाडौं। जिनियस डिजिटल म्युजिक प्रा.लि. तथा जिनियस डान्स एण्ड म्युजिक स्कुलको संयुक्त आयोजनामा सञ्चालन भइरहेको राष्ट्रिय बाल प्रतिभा प्रतियोगिता “Kids Genius Star of Nepal” अन्तर्गतको Workshop Round उत्साहजनक सहभागिता र गरिमामय उपस्थितिका साथ सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम के.सी. रहनुभएको थियो भने कार्यक्रमको सभापतित्व जिनियस डान्स एण्ड म्युजिक स्कुलका अध्यक्ष टेक लामा छिरिङ ले गर्नुभएको थियो। क्रार्यक्रम संयोजक  नृत्य निर्देशक तथा मोडल कृष्ण रसाल अनि क्रार्यक्रम सह-संयोजक नृत्य निर्देशक अनिल महर्जन रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन गायक रमेश पाठक ले गर्नुभएको थियो।

कार्यक्रममा नृत्य निर्देशक यम गुरुङ, केशव कोइराला, दिपकलाल जोशी,  बुद्ध लामा, नारायण रिजाल, अनिल पुतुवार, पिङ्की खड्का, निरु फुयाल, संगीता श्रेष्ठ, भावना राई, नवराज रिजाल, सन्तोष कुमाल, रूपा क्षेत्री, भीम लामा तथा साजन भण्डारी को उल्लेखनीय उपस्थिति रहेको थियो।

त्यसैगरी कलाकार रवि कार्की,स्वस्तिका लामिछाने, शिला गजुरेल मालती कार्की, निर्देशक राम गौतम, राम शरण कोईराला ,क्यामेराम्यान दिपेन बस्नेत, गायक/संगीतकार चेतन राई समाजसेवी तथा व्यवसायी शिव कोइरालाराजु अधिकारी लगायत कला, संस्कृति, सञ्चार तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा सिद्धार्थ श्रेष्ठभीम लामा को आकर्षक नृत्य प्रस्तुति रहेको थियो। साथै, चर्चित नृत्य निर्देशक यम गुरुङ ले प्रतियोगीहरूलाई नृत्यसम्बन्धी व्यावहारिक प्रशिक्षण, स्टेज प्रस्तुति, अभिव्यक्ति, तालमेल, आत्मविश्वास तथा प्रस्तुति परिष्करणका विविध पक्षबारे विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो।

त्यसैगरी, गायन विधाका प्रतियोगीहरूलाई गायक/संगीतकार रमेश पाठक र गायक/संगीतकार चेतन राई ले स्वर साधना, लय–ताल, गीत प्रस्तुतिको शैली, स्टेजमा आत्मविश्वासका साथ प्रस्तुति दिने कला तथा प्रतिस्पर्धामा सफल हुन आवश्यक सीपबारे उपयोगी प्रशिक्षण प्रदान गर्नुभएको थियो।

कार्यशालामा सहभागी प्रतियोगीहरूले आगामी Mega Round का लागि आवश्यक तयारी, प्रस्तुति परिष्करण तथा आफ्नो प्रतिभालाई अझ प्रभावकारी रूपमा प्रस्तुत गर्ने अवसर प्राप्त गरेका थिए। सहभागी प्रतियोगी तथा अभिभावकहरूले Workshop Round अत्यन्त उपयोगी, प्रेरणादायी तथा उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका थिए।

आयोजकका अनुसार Kids Genius Star of Nepal को बहुप्रतीक्षित Mega Round यही साउन  २३ गते शनिबार, बिहान ११:०० बजे देखी निर्भाना एकेडेमी, सितापाइला,काठमाडौंमा भव्य रूपमा आयोजना हुने भएको छ। उक्त कार्यक्रममा देशभरबाट छनोट भएका उत्कृष्ट बाल प्रतिभाहरूले गायन तथा नृत्य विधामा आफ्नो उत्कृष्ट प्रस्तुति प्रस्तुत गर्नेछन्। साथै, राष्ट्रियस्तरका चर्चित कलाकार, निर्णायक, विशिष्ट व्यक्तित्व, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका अतिथिहरूको उल्लेखनीय उपस्थिति रहने छ।