जिनियस म्युजिक प्रालिले स्थापना दिवसको अवसर पारेर ‘दोश्रो जिनियस म्युजिक अवार्ड’ कार्यक्रम आयोजना गर्ने भएको छ । एक दशक भन्दा लामो समयदेखि गीत संगीत क्षेत्रमा सक्रिय संस्था जिनियसले आफ्नो कम्पनिको वार्षिकोत्सवको अवसरमा नेपाली गीत–संगीतका लोकप्रिय श्रष्टाहरुलाई ‘जिनियस म्युजिक अवार्ड–२०७९’ द्वारा पुरस्कृत तथा सम्मान गर्न लागेको हो ।
कम्पनिले एउटा विज्ञप्ती जारी गर्दै उक्त अवार्डका लागि आवेदन फाराम खुला भएको जानकारी गराएको छ । अवार्डमा सहभागिता जनाउनका लागि कम्पनिको आधिकारिक वेबसाइट मार्फत देशभरी आवेदन भर्न सकिनेछ ।
कम्पनीका प्रवन्ध निर्देशक तथा संगीतकर्मी रमेश पाठकका अनुसार २०७७ साल वैशाख १ गतेदेखि २०७९ बैशाख मसान्तसम्म सार्वजनिक भएका नेपाली गीत–संगीतले यो अवार्डमा आवदेन दिन सक्ने छन् ।
ज्येष्ठ २० गते टप ५ मनोनयन सार्वजनिकको तयारीमा रहेको कार्यक्रममा ज्येष्ठ १५ गतेसम्म फाराम बुझाउने अन्तिम मिति रहेको जानकारी आयोजकले दिएको छ ।
२०७९ साल असारमा महिनामा जमलस्थित राष्ट्रिय नाचघरमा यो अवार्ड वितरण गरिनेछ । दोश्रो पटक आयोजना हुन लागेको यो अवार्डमा विभिन्न ४१ विधामा संगीतकर्मीहरुलाई पुरस्कृत गरिने छ ।
![](https://geniusmusic.com.np/wp-content/uploads/2022/06/DSC02339-1024x577.jpg)
![](https://geniusmusic.com.np/wp-content/uploads/2022/06/Genius-Music-Award-Raju-Singh-1024x576.png)
![](https://geniusmusic.com.np/wp-content/uploads/2022/06/Genius-Music-Award-Aachal-Sharma-2-1024x576.png)
![](https://geniusmusic.com.np/wp-content/uploads/2022/06/Genius-Music-Award-Aachal-Sharma-3-1024x576.png)
![](https://geniusmusic.com.np/wp-content/uploads/2022/06/Genius-Music-Award-Aachal-Sharma-1024x576.png)
![](https://geniusmusic.com.np/wp-content/uploads/2022/06/Genius-Music-Award-Devi-Gharti-1024x576.png)
![](https://geniusmusic.com.np/wp-content/uploads/2022/06/Genius-Music-Award-Durgesh-Thapa-1024x576.png)
![](https://geniusmusic.com.np/wp-content/uploads/2022/06/DSC02165-1024x577.jpg)
![](https://geniusmusic.com.np/wp-content/uploads/2022/06/DSC02167-1-1024x577.jpg)
![](https://geniusmusic.com.np/wp-content/uploads/2022/06/DSC02196-1024x577.jpg)
![](https://geniusmusic.com.np/wp-content/uploads/2022/06/DSC02214-1-1024x577.jpg)
![](https://geniusmusic.com.np/wp-content/uploads/2022/06/DSC02215-1024x577.jpg)
![](https://geniusmusic.com.np/wp-content/uploads/2022/06/DSC02225-1024x577.jpg)
![](https://geniusmusic.com.np/wp-content/uploads/2022/06/DSC02269-1024x577.jpg)
![](https://geniusmusic.com.np/wp-content/uploads/2022/06/DSC02307-1024x577.jpg)