गायनमा रमेशको कौशलतासँगै लोकप्रियता

काठमाडौं । कला र गलाका धनी रमेश पाठकले आफ्ना उत्कृष्ट सिर्जनामार्फत श्रोता/दर्शकको मन जित्न सफल हुनुभएको छ । सानैदेखि अत्यिधिक गीत सुन्ने बानीले उहाँलाई अहिले एउटा सफल गायक बनाएको छ । ‘सानैदेखि अध्ययनका अतिरिक्त म गीत सुनिरहन्थे’, उहाँ भन्नुहुन्छ । शुक्रबार विद्यालयमा आयोजना हुने अतिरिक्त क्रियाकलापमध्ये नाचगानमा भाग लिन्थे र पुरस्कार पनि जितिरहन्थें, ममा गीत–संगीतको मोह सानैदेखि थियो ।’ यसरी उहाँमा सानैदेखि गीत संगीत क्षेत्रको लगाव देखिन्छ ।

आफूमा अन्तर्निहित प्रतिभालाई अझ प्रष्फुटन गराउन उहाँ उच्च शिक्षा अध्ययनका क्रममा काठमाडौं आएपछि ललितकला क्याम्पसमा भर्ना हुनुभयो । त्यहाँ उहाँले संगीत विषय अध्ययन गर्न थाल्नुभयो । त्यसैगरी डोरेमी संगीत पाठशालामा गुरुदेव कामत र भानुभक्त ढकालबाट एक वर्ष संगीतको प्रशिक्षण पनि लिनुभयो । आफूमा गीतसंगीतको निखार ल्याएपछि उहाँले २०६० सालमा आफ्नै शब्द, संगीत र स्वरमा ‘मुस्कानको अर्थ बुझ…’ बोलको गीत श्रोता/दर्शकमाझ पस्किनुभयो ।

पहिलो गीतले नै पाठकलाई एक खालको चर्चा दिलाउन सफल भयो । त्यसपछि उहाँले पछि फर्किएर हेर्नुपरेको छैन् । त्यसलगत्तै पहिलो लोकदोहोरी एल्बम ‘जाउ न गजुरी’ उहाँको श्रोतामाझ आयो । यसपछि उहाँको २०६१ सालमा सिन्धु मल्ल र शिला आलेसँग मिलेर ‘कलिलो मुना’ एल्बम आयो बजारमा । यसरी एकपछि अर्को गीत सार्वजनिक हुँदै जाँदा रमेशको गीत संगीतको यात्रा फराकिलो हुँदै जानुका सार्थ चर्चा हुन थाल्यो । चर्चासँगै देशका विभिन्न ठाउँमा हुने मेला महोत्सवमा रमेशको माग हुन थाल्यो जसले अहिलेसम्म निरन्तरता पाइरहेको छ ।
गीतसंगीतको यात्रामा रमेशले २०६५ मा विष्णु माझीसँग मिलेर लोकदोहोरी एल्बम ‘तिमीबिना बाँच्न सक्छु म’ ल्याउनुभएका उहाँले २०६७ मा जिनियस डिजिटल म्युजिक प्रालि स्थापना गर्नुभयो । ०६७ मानै उहाँले संकलित गीतको एल्बम ‘मि एण्ड माई लभ’ ल्याउनुभयो भने यसैसँग संकलित गीतकै एल्बम ‘नेटवर्क’ ल्याउनुभयो ।

पर्व विशेष जस्तै तीज, दशैँका गीत ल्याउनुभएका उहाँका ‘हत्य हालिन्छ…’, ‘पैसा यो बैंस…’, ‘छोटो लुगा…’, ‘छोटो लुगा २…’, ‘गए जमाना गए…’ ‘कुन मोडमा छौ हामी…’, ‘दशैँ आयो…’, ‘दशैँ मेला…’, ‘तिमीबिना…’ ‘म बाँचु कसरी…’, ‘तिम्रै हात….’, ‘हे गोरी…’, ‘कानैमा झुम्का…’, ‘चञ्चल गरायो…’, ‘छ छैन भनिदेऊ…’, ‘सातै स्वरमा…’, ‘जति माया…’, ‘नसोचेको भयो…’, ‘लाग्छ धेरै…’, ‘तिम्रै झल्को…’लगायत थुप्रै गीत लोकप्रिय रहेका छन् ।

गीतसंगीतका साथसाथै समाजिक कार्यमा पनि सक्रिय रहनुभएका रमेशले थुप्रै मान सम्मान, पुरस्कार र अवार्डसमेत चुम्न सफल हुनुभएको छ । नेपाली गायन क्षेत्रमा आफ्नै राजमार्गमा अघि बढिरहनुभएका रमेश गायन कौशलतासँगै लोकप्रियताको शिखर चुम्न सफल हुनुहुन्छ ।
थप सामग्री : https://ehimalayatimes.com/2022/05/7716/

Leave a Reply

Your email address will not be published. Required fields are marked *