५० वर्षपछि रिमेक गरियो ‘म त खाँदिन कुवाको पानी’ गीत

लोकगायिका तीर्थकुमारी थापाको ‘म त खाँदिन कुवाको पानी’ गीत रिमेक गरिएको छ।

वरुणजंग राणाले संकलित गरेको कालजयी गीत करिब ५० वर्षअघि रेडियो नेपालमा रेकर्ड गरिएको थियो। यो गीत अहिले पनि दर्शकश्रोता माझ उतिकै लोकप्रिय छ।

तीर्थकुमारी थापाको गीतलाई उनका छोरा सुरजकुमार थापाले पुन: संगीत संयोजन गरेका हुन्। शुक्रबार सुरजकुमार थापाको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो।

यस रिमेक गीतको म्युजिक भिडिओ ‘कार्या प्रोडक्सन’ टिमको तर्फबाट निश्चल श्रेष्ठको छायांकन, महेश्वर श्रेष्ठको फोटोग्राफी निर्देशन, विकास खड्गीको रंग समिश्रण, निरू बस्नेतको श्रंगार तथा विजु कर्माचार्यको सम्पादन र निर्देशन रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *