रमेशको शब्द, संगीत र श्रेयाको स्वरमा ‘तीजै रमाइलो’ सार्वजनिक ( भिडियो )

काठमाडौं । नेपाली हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज नजिकिए संगै तीज सम्बन्धी धेरै गीतहरु दैनिक सार्वजनिक भैरहेका छन् । यस्तैमा गायिका श्रेया नेपालको तीजको कोसेली ‘तीजै रमाइलो’ सार्वजनिक भएको छ ।
गायक एबम संगीतकार रमेश पाठकको शब्द संगीत रहेको गीतमा नरेन्द्र वियोगीको एरेन्ज, मिक्स र मास्टरिङ्ग रहेको छ । ‘तीजै रमाइलो’को म्युजिक भिडियोमा शिला गजुरेललाई फिचरिंग गरिएको छ । यस भिडियोमा शिला गजुरेलको राम्रो नृत्य अनि अभिनय देख्न सक्नुहुनेछ । यस भिडियोबाट शिलाको चर्चा परिचर्चा भएरहेको छ ।
टेक लामाको निर्देशनमा बनेको भिडियोमा सुरेश श्रेष्ठको क्यामेरा र डिन्सन शाहको सम्पादन रहेको छ । म्युजिक भिडियो निर्देशन , गायन , संगीत र गीत रचनामा साथै समय सान्दर्भिक सन्देशमुलक गीतको साथै पप ,आधुनिक,लोकदोहोरी जस्ता धेरै विधाका गीतहरु गाउन सक्ने खुबी भएका बहुमुखी प्रतिभाका धनी रमेश पाठक गीत रचना अनि संगीतमा पनि त्यतिकै पोख्त छन् । लामो समय नेपाल टेलिभिजन प्लसमा कार्यक्रम संगीत मन्थन चलाएका पाठक जिनियस म्यूजिकको साथै वेभ स्टुडियोका निर्देशक एक संगीत ब्यबसायी समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *