गायक रमेश पाठककले नयाँ लोकदोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
”कस्ले बनायो पैसा कस्ले बनायो बैश” भन्ने गीतमा लय तथा शब्द बेग रानाको अनि स्वर रमेश पाठक र भुमिका गिरीको रहेको छ। भिडियोमा अहिलेकी चर्चित मोडेल रश्मी तामांगको अभिनय हेर्न सकिन्छ । भिडियोमा रश्मीलाई प्रबिन डल्लाकोटी र सन्तोष कुमालको अभिनय सघाएका छन् राजेश घिमिरेको छायाँकन एबम दिपेन्द्र भट्टको सम्पादनमा तयार यस भिडियोमा सौराहा चितवनको रमाइलो दृश्यहरु हेर्न सकिन्छ ।
भिडियोको निर्देशन टेक लामा छिरिङ्गले गरेका हुन्। पप ,आधुनिक लोकदोहोरी जस्ता धेरै विधाका गीतहरु गाउन सक्ने खुबी भएका गायक पाठक गीत रचना अनि संगीतमा पनि त्यतिकै पोख्त बन्दै छन् ।
बिगत ३ बर्ष देखि नेपाल टेलिभिजन प्लसमा कार्यक्रम संगीत मन्थन चलाउदै आईरहेका पाठक जिनियस म्यूजिक को साथै जिनियस म्यूजिक एन्ड डान्स स्कूलका निर्देशक रमेश पाठक एक संगीत ब्यबसायी पनि हुन ।गायक पाठकको गत तीजगीत र दशैतिहार गीतको भिडियोलाई पनि दर्शकलेअत्यधिक मन पराएका थिए।
२०७३ माघ ६ गते प्रकाशित