जिनियस डिजिटल म्युजिक प्रा.लि. ले आगामी २०८२ भाद्र ३० गते, सोमबारका दिन आयोजना गर्ने तय गरिएको “छैठौं जिनियस म्युजिक अवार्ड–२०८१” हाल मुलुकमा उत्पन्न भयावह र दर्दनाक परिस्थितिका कारण अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
देशभर फैलिएको Gen Z आन्दोलनका क्रममा निर्दोष युवाहरूको ज्यान लिएको, सयौं घाइते भएको र सम्पूर्ण नेपाली समाज स्तब्ध बनेको यस संवेदनशील घडीमा मनोरञ्जनात्मक वा सम्मानात्मक कार्यक्रम आयोजना गर्नु समयानुकूल, उचित र जिम्मेवार कदम नहुने हाम्रो ठहर छ । यस कारणले हामीले तत्कालका लागि कार्यक्रम स्थगन गर्ने कठिन तर आवश्यक निर्णय गरेका छौं।
यस निर्णयले क्रार्यक्रम तयारीमा खटिनु भएका सम्पूर्ण सदस्य, कलाकार, प्राविधिक टोली, प्रायोजक, सञ्जाल सहयोगी तथा दर्शक-श्रोता महानुभावलाई पर्न गएको असुविधाप्रति हामी हृदयदेखि क्षमा प्रार्थी छौं । अनुकूल वातावरण बनेपछि कार्यक्रमलाई अझ सशक्त र सार्थक ढंगले आयोजना गर्ने हाम्रो प्रतिबद्धता रहेको छ ।
Gen Z युवा पुस्ताले सुशासन, भ्रष्टाचारविरुध्द र जिम्मेवार सरकार निर्माणको लागि गरेको आन्दोलनका क्रममा ज्यान गुमाउने निर्दोष युवाहरू प्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौं। साथै, पीडित परिवारप्रति गहिरो समवेदना र घाइतेहरू प्रति शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछौं ।