छैंटौ जिनियस म्युजिक अवार्ड-२०८१ को मनोनयन सार्वजनिक

नेपाली कला, भाषा, सांगीतिक क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न जिनियस म्युजिक प्रा.लि.ले आफ्नो आफ्नो स्थापनाको दशौं वर्ष पूरा गरेको सु-अवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरी २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड-२०७५’ सम्पन्न गरेको थियो । सोहि अनुरुप यस संस्थाले आफ्नो हरेक वार्षिकोत्सवको अवसरमा गीतसंगीतका लोकप्रिय श्रष्टालाई ‘जिनियस म्युजिक अवार्ड’द्वारा पुरस्कृत तथा सम्मान गर्दै आइरहेको छ र अहिले छैंटौ संस्करण गर्न लागेको हो ।

‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा र साङ्गीतिक क्षेत्रको विकास विस्तार र प्रवद्र्धनका लागि क्रियाशिल कलाकर्मीलाई प्रोत्साहन एवम् सम्मानका साथै नेपालको मौलिक संगीत, सांस्कृतिक विविधता र पर्यटनलाई एकैसाथ प्रवद्र्धन गर्ने उद्देश्यले हामीले “जिनियस म्युजिक अवार्ड–२०८१” आयोजना गर्न गइरहेका छौं । हाम्रा गीत सङ्गीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन र कलाकर्मीलाई प्रोत्साहन तथा सम्मानका लागि चलचित्र गीत, पप गीत ,आधुनिक गीत,लोक तथा दोहोरी गीत र भाषाभाषी गीतहरुबाट विभिन्न ३५ विधामा ‘छैठौं जिनियस म्युजिक अवार्ड–२०८१ को सर्वोत्कृष्ट मनोनयनहरु’ सार्वजनिक गरेका छौ ।

अवार्ड कार्यक्रम यहि भाद्र ३० गते नेपाल पुलिस क्लब, प्रदर्शनी मार्ग, काठमाडौंमा एक भव्य समारोहको विच हुने भएको छ ।

सर्वोत्कृष्ट मनोनयनहरु:-

१.सर्वोत्कृष्ट रास्ट्रिय भावको गीत

  • बुद्धको देश नेपाल – खेमनाथ दाहाल
  • यो मन त मेरो नेपाली हो – यो मन त मेरो नेपाली हो (चलचित्र)
  • राष्ट्रिय झण्डा – दिलु सिंह
  • प्यारो नेपाल – प्रेम गुरुङ
  • बुद्ध जन्मेको देश – सुमन शेखर मानन्धर

२.सर्वोत्कृष्ट गीतकार (चलचित्र )

  • हर्क साउद – चाइनेजो जिन्दगानीमा (उनको स्वेटर)
  • मुक्त उदास – मुटुको चार आना (उपहार)
  • जयन जे वाइबा – उडायो मन (बेहुली फ्रम मेघौली)
  • श्रवण मुकारुङ – राई माइलाले (गाउँ आएको बाटो)
  • नवराज पन्त – रैया चाँदीको (पूर्ण बहादुरको सारङ्गी)

.सर्वोत्कृष्ट संगीतकार( चलचित्र )

  • आशिष अविरल – म त फ्यान भएँ (पिताम्बर)
  • अर्जुन पोखरेल – सिनेमा हेर्न जाउँ (बाह्र गाउँ)
  • सुजन चापागाई – चाइनेजो जिन्दगानीमा (उनको स्वेटर)
  • बाबुल गिरी – झम्के झमा झम (दिमाग खराब)
  • जयन जे वाइबा – उडायो मन (बेहुली फ्रम मेघौली)

४.सर्वोत्कृष्ट गायन (चलचित्र)

  • मेलिना राई – रैया चाँदीको (पूर्ण बहादुरको सारङ्गी)
  • इन्द्रकला राई – उडायो मन (बेहुली फ्रम मेघौली)
  • अन्जु पन्त – कहिले गते बिर्सिन्छु (उपहार)
  • सुनिता थेगिम – राई माइलाले (गाउँ आएको बाटो)
  • अस्मिता अधिकारी – म त फ्यान भएँ (पिताम्बर)

५.सर्वोत्कृष्ट गीतकार-पप/आधुनिक गीत

  • तारा अधिकारी – कल्पना नै नगरेको (लेखान्त)
  • गोविन्द कँडेल आँशु – मायाको घर
  • रोशनीराज बज्राचार्य – बाढी आयो
  • डी. पी. खनाल – कश्मीरे गम्छाले
  • लेखु सहयात्री – तिम्रा पाइलाहरू

६.सर्वोत्कृष्ट गीतकार डायस्पोरा

  • दीपेन्द्र खड्का – पल पल
  • दधी सुबेदी क्षेत्री – फिदा भएँ
  • अम्बिका गुरुङ – तिम्रो साहारा
  • हरी उप्रेती – तिम्रो झझल्को
  • बेनु पी मैनाली – टेन्सन भाको छ

७.सर्वोत्कृष्ट संगीतकार – लोक/आधुनिक गीत

  • प्रमोद पन्त – खोकी लाग्दा गाह्रो
  • इन्द्र आर.पी. – गाह्रो लौन साह्रो
  • जीवन शर्मा – माटोको सुवास
  • रामकृष्ण थापा – घर जल्यो
  • अनिल लामा – सैलुङ्गे मेला-२

८.सर्वोत्कृष्ट गायक/गायिका – पप तथा आधुनिक गीत

  • इन्द्र आर.पी. – गाह्रो लौन साह्रो
  • हसना शाक्य – सेल्फी लिउ चन्द्रागीरीमा
  • कृष्ण काफ्ले – राजामती
  • अन्जु श्रेष्ठ – तिमी सँगै
  • महेश शिल्पाकार – तिम्रो यादमा

९.सर्वोत्कृष्ट संगीत संयोजक

  • एच बी एन किस्मत – मायालाई पानको पात
  • सञ्जीव बराइली – चुपचाप
  • कुशल सिंह – खल्ती हेरेर
  • रिकेश गुरुङ किज् – बिस्तारै
  • योगेश काजी शाह – लै लै लै

१०.सर्वोत्कृष्ट ध्वनि मिश्रण

  • मनोज परियार – गुन भुल्यौ
  • साजन शाह – ज्यान माया
  • कुमार राना – रित्ती जाने बैंशको
  • नरेश बी.बी.सी – चुपचाप
  • एच बी एन किस्मत – मयाली

११.सर्वोत्कृष्ट निर्देशक – लोक/आधुनिक गीत

  • देवेन्द्र पाण्डे – जुनेली
  • सन्तोष लामा – तिमी मेरो
  • कृष्ण रसाल – पछ्यौरीको एउटै पाटो
  • निशान बानिया – बिदाई
  • देवेन्द्र कुँवर – फूल देखें

१२.सर्वोत्कृष्ट मोडल महिला – पप/आधुनिक गीत

  • बिना राउत – अङ्गालोमा
  • स्मारिका ढकाल – मौसम मौसम
  • लोसिना लामिछाने – चन्द्रकुमारी
  • आस्मा विश्वकर्मा – मनमाया
  • एलिसा शर्मा – झुम्के फुली

१३.सर्वोत्कृष्ट मोडल पुरुष – पप/आधुनिक गीत

  • विक्रम बुढाथोकी – तिम्रो मन बदलियो
  • रमेश विश्वकर्मा – माया गर्ने तरिका
  • लोमस शर्मा – पुकुली
  • सुरेश कोह्ली – मौसम मौसम
  • सरोज अधिकारी – हे नीर

१४.सर्वोत्कृष्ट संगीतकार – पप/आधुनिक गीत

  • भिम बी.सी. – रित्ती जाने बैंशको
  • सरोज पोखरेल – पल पल
  • सुनिल राई – फिदा भएँ
  • योगेश काजी शाह – गागरी
  • सुनिल बी.सी. – तिम्रो मन बदलियो

१५.सर्वोत्कृष्ट गायक

  • हेमन्त शर्मा – नम्बरी सुन
  • शिव परियार – चुपचाप
  • प्रमोद खरेल – लै लै लै
  • राज सिग्देल – न त तिमी फूल
  • रामकृष्ण ढकाल – मायाको घर

१६.सर्वोत्कृष्ट गायिका

  • रचना रिमाल – चाहान्छु ७
  • एलिना चौहान – छुट्यो पिरिम
  • अनु चौधरी – रिती जाने बैंशको
  • समिक्षा अधिकारी – पान बुट्टे रुमाल
  • बेनिसा पौडेल – तिमी मेरो प्रिय

१७.सर्वोत्कृष्ट लोक/लोक पप गायन

  • सुवास मण्डल – भेट्दिन राती रातीमा
  • शिव कैलाश – देउरालीको दोबाटो
  • सरिता भारती – छोड सताउन
  • सुमन रेग्मी – चिसो चिसो हावामा
  • सुजाता के.सी. – हंगामा

१८.सर्वोत्कृष्ट नव मोडल

  • ध्रुव जी.सी. – तिम्रा पाइलाहरू
  • मुकेश गुरुङ – तिमी बिना
  • सुस्मिता बुढाथोकी – भुतुक्कै भएनी
  • विजय भ्लोन – गाउँकी गोरी
  • युजिन श्रेष्ठ – घिन्ताङ घिन्ताङ

१९.सर्वोत्कृष्ट मोडल – पुरुष

  • दुर्गेश थापा – दुश्मन हेरेको हेरै
  • पल शाह – मायालाई पानको पात
  • नाजिर हुसेन – के हेरेको टुलु टुलु
  • सागर लम्साल बले – अधुरो कथा
  • आकाश श्रेष्ठ – आऊ एउटा बाचा गरौं

२०.सर्वोत्कृष्ट मोडल – महिला

  • प्रियंका कार्की – दुश्मन हेरेको हेरै
  • केकी अधिकारी – रित्ती जाने बैंशको
  • कविता नेपाली – देउन जोवन
  • बेनिसा हमाल – चाहान्छु ६
  • सुरक्षा पन्त – माहुरी घुम्यो रसैमा

२१.म्युजिक भिडियो सिनेम्याटोग्राफर

  • पवन सुस्लिङ – मायालाई पानको पात
  • बुद्ध थापा – बस्यौ अलक्कै
  • हरी हुमागाई – माया गर्ने तरिका
  • अर्जुन तिवारी – लै लै लै
  • अजय रेग्मी – देउन जोवन

२२.सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक

  • राकेश दाहाल – कहिले आउँछौ माया
  • पवन सुस्लिङ – तिमी र म
  • मिलन विश्वकर्मा – गागरी
  • विकास दाहाल – माया गर्ने तरिका
  • अमृत चापागाई – मयाली

२३. सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक

  • जीवन शाही – गाह्रो लौन साह्रो
  • गम्भीर विष्ट – नबोल अरुसँग
  • काजिस श्रेष्ठ – गागरी
  • विशाल घिमिरे – बस्यौ अलक्कै
  • माधव शर्मा – रित्ती जाने बैंशको

२४.सर्वोत्कृष्ट लय – लोक तथा दोहोरी गीत

  • बसन्त थापा – मयाली
  • प्रकाश दुतराज – रेशम
  • खेम सेन्चुरी – मायालाई पानको पात
  • अर्जुन सापकोटा – बस्यौ अलक्कै
  • निश्चल दुवाडी – गङ्गे गोठाले

२५.सर्वोत्कृष्ट गायक – लोक तथा दोहोरी गीत

  • बसन्त थापा – मयाली
  • प्रकाश दुतराज – रेशम
  • खेम सेन्चुरी – मायालाई पानको पात
  • बद्री पङ्गेनी – कन्या राशी
  • अर्जुन सापकोटा – बस्यौ अलक्कै

२६.सर्वोत्कृष्ट गायिका – लोक तथा दोहोरी गीत

  • देवी घर्ती – मयाली
  • शान्तिश्री परियार – हियारै
  • शान्तारानी परियार – म त ढले ढले
  • सम्झना भण्डारी – धुरु धुरु मन
  • पूर्णकला बी.सी. – अब रुन्न धर्केर

२७. सर्वोत्कृष्ट नव गायक/गायिका

  • श्रीराम पौडेल – आँखा सन्काई सन्काई
  • तारावीर पाण्डे – माझीको जीवन
  • रिया खत्री – कोसेली
  • सञ्जय देवकोटा – कुरा बुझ्देउन
  • स्मिता बोहरा – ज्यान माया

२८.सर्वोत्कृष्ट गायन – पप

  • चन्द्र सिंह घले – मायानै हो
  • सी. डी. विजय अधिकारी – के तिमी मलाई
  • मानस राज – माया माया-२
  • सुमन के.सी. – लैजाऊन् तिमीसँगै
  • सुरेश लामा – माया बस्यो

२९.सर्वोत्कृष्ट गायिका – पप

  • अभय सुब्बा – सधै भरी
  • प्रश्ना शाक्य – लामो बाटो
  • सज्जा चौलागाई – एक्लै
  • ममता गुरुङ – खुशी तिमी नै हुनु
  • विद्या तिवारी – उडाइदे

३०.सर्वोत्कृष्ट मोडल – लोक तथा दोहोरी गीत

  • एलिना रायमाझी – हङकङ मलाया
  • अस्मिता रनपाल – कसम
  • मिस पबी – दल्लु दरबार
  • आयुष्मा कार्की – बाँसको डोको
  • अञ्जली अधिकारी – खैलाबैला

३१.सर्वोत्कृष्ट भाषाभाषी गीत

  • ईश्वर मागिया – हाकु पर्सि सिना
  • समीर खान – तोहोर जवानी
  • हवल लामा – नशालु हेराइ
  • चन्द्रमान तामाङ – भुपु मायालु
  • कमल दाहाल – चरी मर्‍यो

३२. सर्वोत्कृष्ट कोरियोग्राफर

  • सन्तोष राजवाहक – चाईनेजो
  • कृष्ण रसाल – तिमीलाई नै सधैँ
  • रोशन बिश्वकर्मा – भन्नलाई भाछ धौ
  • सुरेन्द्र बसेल – मालती र मङ्गले
  • देवेन्द्र कुँवर – फूल देखें

३३.सर्वोत्कृष्ट तीज गीत

  • ढकनी र कुरौनी – मञ्जु थापा
  • माइतै रमाइलो – माधवी अर्याल
  • ढल्काएर छड्के तिलहरी – सुशभनाथ उप्रेती र यादव घिमिरे
  • तीजको उमंग – प्रेक्षा गौतम
  • गाउँ देखी शहर – मनमा राई

३४. पब्लिक च्वाइस अवार्ड

  • गुन भुल्यौ – सारिका घिमिरे
  • दुश्मन हेरेको हेरै – दुर्गेश थापा
  • झिम्झिमाउने आँखाले – एकदेव लिम्बू
  • रुकुम मैकोट – एस डी योगी \ शान्तिश्री परियार
  • बार्दली – स्वप्न सुमन

३५. पब्लिक फेस अवार्ड

  • अंशु वर्मा
  • गुराँस नानी
  • शिसन बानियाँ
  • उमर खान
  • आयुष सिंह ठकुरी