कार्तिक २६ मा“जिनियस म्युजिक अवार्ड एण्ड अचिभमेन्ट–२०८१”

नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा र साङ्गीतिक क्षेत्रको विकास विस्तार र प्रवर्द्धनका लागि क्रियाशील कलाकारलाई प्रोत्साहन एवम् सम्मानका साथै नेपालको मौलिक संगीत, सांस्कृतिक विविधता र पर्यटनलाई एकैसाथ प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आइरहेको “जिनियस म्युजिक अवार्ड एण्ड अचिभमेन्ट–२०८१” कार्यक्रम यसअघि भदौं ३० गते, सोमवार का दिन नेपाल पुलिस क्लब, प्रदर्शनी मार्ग, काठमाडौंमा आयोजना हुने तय गरिएको थियो। तर  Gen Z आन्दोलन का कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै उक्त कार्यक्रम स्थगित गरिएको यहाँहरुलाई अबगत नै छ । अब सोही कार्यक्रम आगामी कार्तिक २६ गते, बुधवार , नेपाल पुलिस क्लब, प्रदर्शनी मार्ग, काठमाडौंमा नै हुन गइरहेको जानाकारी गराउदछौं ।  

🌟 कार्यक्रमका विशेष आकर्षणहरू

  • नेपाली गीत–सङ्गीत क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनुभएका एकजना विशिष्ट व्यक्तिलाई  “दीर्घ साधना सम्मान (Lifetime Achievement Award)” प्रदान गरिनेछ।
  • नेपाली कला, संस्कृति र संगीत क्षेत्रका विशिष्ट स्रष्टा, कलाकार, पत्रकार, पर्यटन व्यवसायी र समाजसेवीहरूलाई सम्मान गरिनेछ।
  • चर्चित कलाकारहरूका विविध सांगीतिक प्रस्तुति रहनेछन्।

कार्यक्रममा चर्चित कलाकारहरूका विविध सांगीतिक प्रस्तुति रहने छन्।  संस्थाले यस अवार्डको तयारी अन्तिम चरणको  तयारी गरिरहेको छ र कार्यक्रमलाई अझ भव्य र सफल बनाउन सम्पूर्ण सहयोगी, विज्ञ, सञ्चारकर्मी, कलाकार तथा संगीतप्रेमीहरूलाई सहभागिताको लागि हार्दिक अपिल गर्दछौ ।

यस संस्थाले यो अवार्ड समारोहलाई अझ भव्य र सफल बनाउन अन्तिम तयारी गरिरहेको छ।
यस ऐतिहासिक कार्यक्रममा सम्पूर्ण सहयोगी, विज्ञ, सञ्चारकर्मी, कलाकार तथा संगीतप्रेमीहरूलाई उपस्थित भईदिनुहुन हार्दिक अनुरोध गर्दछौं।