जिनियस म्युजिक प्रा. लि.ले आफ्नो स्थापनाको दशौ वार्षिकोत्सवबाट शुरुवात गरेको “जिनियस म्युजिक अवार्ड” को पाँचौ संस्करणको जिनियस म्युजिक अवार्ड–२०८० आयोजना गर्ने घोषणा गरे सँगै उक्त अवार्डका लागि आवेदन खुला गरेको जानाकारी गराउदछौ ।
२०८० साल भित्र सार्वजनिक भएका नेपाली गीत–संगीतले यस “पाँचौ जिनियस म्युजिक अवार्ड” मा आवदेन दिन सक्ने छन्। कम्पनिको Official Website www.geniusmusic.com.np मा गएर अनलाइन मार्फत् पनि आबेदन दिन सकिने छ । आवेदनको अन्तिम म्याद २०८१ साल बैसाख १५ गते सम्म रहेको छ ।
अवार्ड समारोहमा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्याउनु भएका एकजना विशिष्ट व्यक्तिलाई नगद राशी सहित दीर्घ साधना सम्मान प्रदान गरिनेछ । गीतसंगीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने संगीतकर्मी र सञ्चारकर्मी पत्रकारलाई समेत अवार्ड समारोहमा सम्मान गरिनुको साथै बिभिन्न साङ्गीतिक प्रस्तुती रहने छ ।
थप जानकारीकालागी तँपाईहरुले काठमाडौंको अनामनगरमा रहेको जिनियस म्युजिक प्रा.लिमा सम्पर्क गर्न सक्नुहुनेछ । साथै मोबाइल वा फोनबाट ९८५१०७०८०७ मा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।