चेलिबेटी बेचबिखनसम्बन्धी हरिवंशको नयाँ गीत ‘हिँड माया हिँड’ (भिडियो) सार्वजनिक

हास्य कलाकार हरिवंश आचार्यले चेलबेटी बेचबिखनसम्बन्धी नयाँ गीत ल्याएका छन्।

यसअघि चेलबेटी बेचबिखनकै विषयमा ‘कर्कलो कोक्याउला’ र ‘काउली’ गीत गाएका आचार्यले अहिले ‘हिँड माया हिँड’ बोलको गीत ल्याएका हुन्। माइती नेपालको प्रस्तुतिमा बनेको गीतमा हरिवंशकै शब्द र संगीत छ। स्वरमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छन्।

गम्भिर विष्टको कन्सेप्ट र निर्देशन रहेको म्युजिक भिडिओमा हरिवंशसँगै प्रियंका कार्की, कविता न्यौपाने, बालकृष्ण ओली लगायत कलाकारको अभिनय छ। गीतमा गाउँका युवतीहरूलाई ललाई फकाई गरेर विदेश पुर्‍याउने कथा देखाइएको छ।

पवन सुस्लिङले छायांकन गरेको म्युजिक भिडिओलाई प्रविण भट्टले सम्पादन गरेका हुन्।