“दोस्रो जिनियस म्युजिक अवार्ड–२०७६” मा अवार्ड बिजेता संगीतकर्मीहरुको नामावोली

‘नेपाली कला संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबर्धन गर्ने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ दोश्रो संस्करणको जिनियस म्युजिक अवार्ड २०७६ सम्पन्न भएको छ ।

संस्कृति, पर्यटन तथा उड्ययन मन्त्री  जीवनराम श्रेष्ठको प्रमुख आतिथ्य तथा बरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाको विशिष्ठ आतिथ्यमा सम्पन्न ‘जिनियस म्युजिक अवार्ड २०७६’मा गीतकार तथा बरिष्ठ स्त्री रोग बिशेषज्ञ डा. भोला रिजाललाई पच्चिस हजार नगद सहित दिर्घ साधना सम्मान प्रदान गरिएको छ भने वरिष्ठ तबला वादक कुमार महाराज थापालाई रजत सम्मान प्रदान गरिएको थियो । सञ्चारकर्मीव्दय सानुकाजी श्रेष्ठ र राजेन्द्र लुईटेललाई जनही पन्ध्र हजार नगद सहित पत्रकारिता सम्मान प्रदान गरिएको थियो ।

चर्चीत कलाकर्मीहरु र विशिस्ट ब्यक्तीहरुको बाक्लो उपस्थितिमा सम्पन्न यस अवार्ड कार्यक्रमका निर्णायहरु,वरिष्ठ संगितकार राजु सिंह,चर्चीत संगितकार दिपक शर्मा,लोकप्रिय गायक/संगितकार भानुभक्त ढकाल,साहित्यकार पुरु लम्साल,लोकप्रिय गायक रमेश पाठक रहनु भएको थियो ।

“दोस्रो जिनियस म्युजिक अवार्ड–२०७६” माअवार्ड बिजेता संगीतकर्मीहरुको नामावोली :-

१. सर्वोत्कृष्ट शव्द(लोकदोहोरी)
सुबास बोगटी – झुठो तिम्रो माया

२. सर्वोत्कृष्ट लय(लोकदोहोरी)
प्रसाद लामिछाने – पानी छल्काले

३. सर्वोत्कृष्ट संगीत संयोज(लोकदोहोरी)
राजु खड्का – पर्देशी रुहाउनेलाई
रामकृष्ण थापा – पानी कुवाको(जुरी)

४. सर्वोत्कृष्ट गायक(लोकदोहोरी)
आलिफ आलिफ खान – मयुरको कल्की
राजु परियार – फुली नाकैमा (पब्लिक च्वाइस अवार्ड)

५.सर्वोत्कृष्ट निर्देशक(लोकदोहोरी)
निशान बनिया – माकुरी जाल बुनेको
मिलन श्रेष्ठ – कान्छी (जुरी)
दीपेन्द्र तिमल्सिना – पिली पिली जुन किरी (पब्लिक च्वाइस अवार्ड

६. सर्वोत्कृष्ट मोडल (पुरुष)
शुरेन्द्र लामिछने – पानी छल्काले

७. सर्वोत्कृष्ट गीतकार
माधव निर्दोष – आत्मीयता

८. सर्वोत्कृष्ट संगितकार
योगेन्द्र उपाध्याय – जुन हौ तिमी

९. सर्वोत्कृष्ट गायक (आधुनिक)
सबिन लिम्बु – जती बिर्सु भने पनि

१०. सर्वोत्कृष्ट गायक (लोकपप)
तिलक बस्नेत – रनभुल

११. सर्वोत्कृष्ट मिक्सिङ्ग
मनोज परियार – बुझिदेउ
नरेन्द्र बियोगी – गर्ने के गर्ने (पब्लिक च्वाइस अवार्ड)

१२. सर्वोत्कृष्ट भिडियो सम्पादक
दिनसन शाह – मनको कुरा
रोशन धिताल – मायालु (लोक दोहोरी)

१३.सर्वोत्कृष्ट युगल गायन
आषिश सचीन र मेलिना राई – एककान दुकान मैदान

१४. सर्वोत्कृष्ट गायक (पप)
सुरज शाही ठकुरी – बन्धकी

१५. सर्वोत्कृष्ट गायक तामाङ सेलो
उत्सब सुब्बा लामा – रनन रन्किने

१६. सर्वोत्कृष्ट गायक (लोकआधुनिक)
कृती तामाङ – नम्बरी सुन